छोराले एक्कासी नुहाउछु भनेपछी…
यसभित्र : पूरा घटनाक्रम
गारापारे सम्बादाता
काठमाडौ, माग २०
जाडो महिनामा नुहाउन त परै जावोस् बिहानको समयमा मुख धुन पनि एकदमै गाह्रो हुने जानकारहरु बताउछन् । कतिले दुई हप्तामा एक चोटि, कतिपयले महिनादिनमा एकचोटी त कतिले त सिङ्गो ४ महिनामै एक चोटि मात्र नुहाउने गरेको तथ्य एक अध्ययनले बताएको छ।
यस्तो निराशाजनक तथ्यांकका बाबजुत काठमाडौमा आज एक किशोरले आफुले नुहाउने बताएका छन्। आफ्नी आमासङ्गको बिहानको भोजनको समयमा भएको संबादका क्रममा आफुले आज नुहाउने र त्यसका लागि सरभर तातोपानीको ब्यबस्था गरिदिन माग गरेसङ्गै यो खबरले चिसो मौसममा समाजिक संजाल तताएको हो।
आफुले जन्माएको, हुर्काएको छोराको मुखारबिन्दुबाट १९ winter पश्चात पहिलोपटक यस्तो कुरा सुनेपछी आमा चिन्तित भएकी छिन्। शुरुमा छोरा जिस्किएको होला भनेर गम्भीरतापुर्वक नलिएकि आमा छोराले सोही कुरा दिदीलाई बताएर पानी तताउन लगाएपछी भने चिन्तित भएकी हुन।
खतिवडा थरका उक्त किशोर कतै मानसिक रुपमा बिरामी भएका त होइनन् भनी अहिले खतिवडा परिवार शोकमग्न छ। उता पाटन अस्पताल पुर्याइने भएका ती किशोर भने आफुलाई कुनै मानसिक समस्या नभएको कुरा बारम्बार दोहोर्याइरहेका छन्।
के साच्चिकै ती किशोरले नुहाउन खोजेका हुन् त? कि कुनै मानसिक खैलाबैलाले ३ महिना नपुग्दै नुहाउछु भन्न पुगेका हुन्? यो बारेमा अनुसन्धान गर्न पत्रुकार रबि लामिछानेको टोलि घटनास्थलतर्फ हिडिसकेको काइतेनेपाल डट कम ले जनायो।
उता यो खबरको सत्यतथ्य बुझी सत्य रहेमा उचित सम्मानको लागि तयारी गर्न देउवा सरकारले पहल गरिसकेको छ।
ती किशोरको उक्त कदमलाई साबुन ब्यापरीले स्वागतयोग्य भनेका छन्। चर्चित ठिप्पनीकार मुकुन्देले भने यसलाई केवल एक पब्लिसिटी स्टन्ट भन्दै सामजिक सन्जालमा दिनहु आउने एक मिनि चटकको संघ्या दिएका छन्।
ती किशोरको नागरिकतामा ठेगाना दाङ्ग भएको पाइएपछी दाङ्गबासी उनले प्रदेशमुकाम बुटवलबाट दाङ्ग ल्याउन पहल गर्ने भन्दै खुसी भएको दाङ्ग स्थित गारापारे सम्बादाताले बताउनु भयो।
यता साथीलाई जे पनि हुनसक्ने भन्दै RIP लेखी post गर्नका निम्ति ती किशोरका साथीहरु राम्रो फोटो खोज्नमा ब्यस्त रहेको खबर गारापारे न्यउजबेडमा आइपुगेको छ।
Note: This article is written for entertainment purpose only. This is not meant to offend anyone.