दिदी र फुपुबीचको फरक

राजु – “तर मेरो कार त आज बिहानै मेरो साथीले लगेर गइसक्यो….., र तपाईँको कार पनि ड्राइभरले ब्रेक जाँच गर्नु पर्नेछ भन्दै लगेर गा छ ।”

बुवा – “ठिक छ…. तँ एयरपोर्ट त जा छिटो….अरू कसै साथीको कार लगेर गए पनि भो ।
कसैको न पाइए भाडामा नै लगेर जा ….तर जा छिटो, रश्मि खुशी होली ।”

राजु – “अहो बुवा, तपाईँ पनि…!! त्यो कोही सानी बच्ची हो र ? आई हाल्छ नि आफै कुनै ट्याक्सी वा अटो हायर गरेर…, तपाईँ किन चिन्ता गर्नुहुन्छ ?”

बुवा – “तँलाई लाज लाग्दैन यसो भन्न ? आफ्नो घरमा कार हुँदा हुँदा, घरकी छोरी ट्याक्सी वा अटोमा आउँछे ?”

राजु – “ठिक छ, त्यसो भए तपाईँ जानुहोस्, मसँग धेरै काम छ…. म जान सक्दिन ।”

बुवा – “तँलाई आफ्नो दिदीको केही मतलब छैन ? बिहे भइसक्यो भन्दैमा के दिदी पराई भैहाली ? के उसलाई हामी सबैको माया पाउने अधिकार छैन ?

यस घरमा जति अधिकार तेरो छ, त्यत्ति नै तेरो दिदीको पनि छ, बुझिस्…! कोही पनि छोरी वा बहिनी आफ्नो माइतीघर छोड्दैमा पराई हुँदैन ।”

राजु – “तर मेरो लागि अब ऊ पराई भइसकेकी छे, अब यस घरमा मेरो मात्र अधिकार छ ।”

“……तड़ाक”

अचानक बुवाको हात राजुको गालामा….पर्‍यो !

त्यसै बेला आमा आउँछिन्…..।

आमा – “ए…बूढा, पागल भयौ कि के हो ? तन्नेरी छोरा माथि हातपात गर्नुहुन्न ।”

बुवा – “तिमीले सुनेनौ …के भन्यो यसले ? आफ्नो दिदीलाई पराई भन्छ, यो त्यही दिदी हो जो यसबाट एक क्षणको लागि पनि अलग हुन्न थिई । उसले हरेक क्षण यसको ख्याल राख्थी ।

पकेट मनीको पैसा बचत गरेर यसका लागि केही न केही किनेर ल्याउँथी । बिहेको बेला छुट्टिँदा पनि उसले हामीभन्दा बढी आफ्नो यसलाई अँगालो हालेर रोएकी हो ।

आज यो नालायकले उसै दिदीलाई पराई भन्छ ।”

राजु – (मुस्कुराउँदै) “फुपूको पनि त जन्मदिन आजै हो बुवा, उनी धेरै पटक यस घरमा आउँछिन् तर हरेक चोटि अटोबाट आउँछिन् ..

के तपाईँले कहिल्यै आफ्नो कार लगेर उहाँलाई लिन जानुभयो ?

उनी आज समस्यामा छिन् तर हिजो उनी पनि धेरै धनी थिइन् । तपाईँलाई, मलाई र यस घरको लागि उहाँले सम्पूर्ण हृदयले मद्दत र सहयोग गर्नु भएको छ । फुपू पनि यसै घरबाट बिहे भएर छुट्टिनुभएको हो..,

फेरी दिदी र फुपूमा के फरक छ ? रश्मि मेरो दिदी हो भने, फुपू पनि त तपाईँको बहिनी हुन् ।”

राजुका कुराले उसको बुवालाई आज सोच्न बाध्य बनाएको थियो……उनलाई आज आफ्नो गल्ती महसुस भइरहेको थियो….. ।

उता पश्चात्तापको आगोमा जलेर बुवा रोई रहेका थिए भने यता राजु….. ।

यतिकैमा बाहिर कारको ब्रेकको आवाज आयो…..!

रश्मि दुगुरेर आउँछे…..

आमा र बुवालाई अँगालो हाल्छे तर तिनीहरूको अवस्थालाई देखेर सोध्छ, “के भयो बुवा.. ?”

बुवा – “तेरो भाइ आज मेरो पनि बा भइसक्यो, छोरी ।”

रश्मि – (भाइ तर्फ हेर्दै) “ए.. पागल … !! नयाँ कार हाँ….? धेरै राम्रो छ, ड्राइभर लाई पछाडी बस्न लगाएर मैले आफैले गुडाएर ल्याएँ, एकदम मज्जा आयो, रङ्ग पनि मेरै रोजाइको रहेछ नि !”

राजु – “मेरो प्यारी दिदीलाई जन्मदिनको शुभकामना ! त्यो कार तपाईँको नै हो दिदी …हामीहरूको तर्फ बाट तपाईँलाई जन्मदिनको उपहार .. ।”

यो सुनेर रश्मि खुसीले उफ्रिँदै थिई कि….फुपू पनि भित्र आइन् ।

फुपू– “के हो …. दादा…तपाईँ पनि ? न कोही फोन, न कोही खबर….! एक्कासि कार पठाई दिनुभयो तपाईँले…..

म त आफूलाई रोक्न सकिन …..आई हालेँ खुसी हुँदै… । यस्तो लाग्यो कि बुवा अझै जिउँदै हुनुहुन्छ ।”

उता… आँखाभरि आँसु बोकेर बुवाले एकटक राजुलाई हेरी रहेका थिए….!

यता….राजुले बुवालाई चुप रहने इशारा गरिरहेको थियो…!

फुपू भन्छिन्, “म कति भाग्यमानी छु ~~मैले बुबा जस्तो भाइ पाएँ, भगवानले मलाई आशीर्वाद दिउन् कि म हरेक जन्ममा तपाईँ जस्तै भाइ पाउन सकूँ … ।”

बुवा आमा दुबैलाई थाहा थियो कि यो सबै करतुत राजुको हो ।

तर आज फेरि सम्बन्धहरूलाई बलियो सँग गाँसिएको देख्दा बुवा भित्रबाट खुसीले टुक्रिए र रुन थाले ।

उहाँ अब धेरै निश्चित हुनुहुन्थ्यो कि म यो संसारबाट गइसके पछि मेरो राजुले सम्बन्धहरूलाई अझ धेरै बालियो र सुरक्षित राख्नेछ ।

छोरी र बहिनी यी दुई धेरै मूल्यवान् शब्दहरू हुन् जसको उमेर धेरै कम हुने गर्दछ किनकि बिहे पछि छोरी र बहिनीहरूलाई कसैको श्रीमती, कसैको सासू र कसैको बुहारी बन्नुपर्ने हुन्छ ।

छोरी बहिनीहरू शायद यस कारणले माइतीघरमा आउने गर्छन् कि यहाँ उनका कानहरूले फेरी छोरी र बहिनी शब्दहरू सुन्न पाउँछन् ।

लेखक: दीपबहादुर बडुवाल

स्रोत: ktmdainik.com

Exit mobile version