A Literature On Alcoholism Submitted By A Fan Of NAJ Entertainment

This is a literature submitted by a fan of NAJ Entertainment, a girl of 26. Please read the Article and give your feedback in the comment section below.

Statutory Warning: Smoking and Alcohol consumption is injurious to health.

रक्सिको मात मेरो लागि positive !!!

छोडेकी थिई मलाई त्यो पनि ठूलो कारण बिना नै । त्यस्को कति ठूलो नौटंकी के । ओहो । साह्रै नै attitute बोकेका हुद रैछन् । त्यही रात हो मैले एउटा ठूलो rum को बोत्तल किने black । टन्न पिए । भलै शरीरको लागि हानिकारक होला तर मेरो लागि अमृत बन्न पुग्यो । कति नराम्रो सोचाई रहेछ त्यो प्रती म मा, कति तिक्तता बोकेकी रहिछे । मलाई सुनाउन मन लाग्यो ।

सितनसंग एक घुट्की लाए । कस्तो नमिठो गन्ध । सायद त्यो गन्ध मेरो धोकेबाजको श्वास थियो होला । अनि कति नमिठो स्वाद । म कल्पना सम्म गर्न सक्दिन । अनि हरेक घुट्की पिच्छे मेरो टाउको घुमाउन थाल्यो । रोटेपिङ भन्दा बढी घुमेको थियो होला मेरो दिमाग । त्यो पक्कै त्यही केटीको खेलाई हुनुपर्छ मेरो जीवनमा ।

थाहा छ मैले कसरी हटाए त्यस्को तिक्तता??  थाहा छ त्यो मेरो लागि कति गिरेकी थिई ?? सायद तपाईहरु पनि अचम्मित पर्नु हुन्छ होला ।

अमिलो डकार आयो । छ्या , कति अमिलिएकी रहिछे त्यो , अझ भित्रै देखि । मन भरी मेरो अमिलो पन खेलाएर होला नि आफै अमिलिएकी । केहिबेर पछि त म धान्ने सकिन । सायद त्यो केटी मैले गुमाएर होला जस्लाई मैले जीवनको टेको सम्झिएको थिए । बिस्तारै ढले अनि मेरो टाउको ठोक्कियो आडैको भित्तामा तर अह मलाई दुखेको थिएन किनकी मेरो दिमाग त्यही केटी थिए सायद चोट त्यसैलाई पर्यो होला । एकछिन पछि मलाई नै दुख्न सुरु गर्यो सायद ऊनि मेरो दिमागबाट हटेर गई सकी होहोली

फेरि अमिलो आयो । थोरै थोरै गर्दा गर्दै अलिक बढी नै भएछ क्यारे । कति नमीठो । छ्या , मेरो बारेमा कति नराम्रो सोच्दी रहिछे त्यस्ले मलाई । सायद आज म जे भोग्दै छु त्यही निष्ठुरीको म प्रतिको व्यवहार भोग्दै छु । ती स्वाद त्यही निर्मोही को सोचाई नै होला मप्रतिका ।

मेरो मुखबाट खाना जान मानेन । सायद त्यस्ले मलाई भोकै मरे हुन्थ्यो होला भनेर सरापेकी थिई होला । अनि सुते । घरि kitchen rack मुनि पुगे त घरी खाटमुनी । सायद यस्लाई निन्द्रा नलागोस भनेर बचन राखेकी थिइ होला । त्यही भएर नै होला मैले केही गरेपनि आफूलाई काबुमा राख्न सकेको थिइन ।

अर्कोदिन बिहानै उठेको थिए । अह मलाई सन्चो भएकै छैन  । न त बस्न सकेको छु न त उठेर केही गर्न नै । मातले अझै छोडेको थिएन । भोक लागेको थियो । हिजोको तरकारी तताए खाए । स्वाद पाइन । चिनी खाए । त्यस्को पनि गुलियो पन भेटिन । निकै पछुताए । सायद पछुताउनुमा पनि उसैको सराप मिसिएको थियो होला । साथीहरु उठे । तर तिनीहरु पूरा सकुसल नै थिए । तर मलाई भने अमिलो डकार आउला आउला जस्तो गरेको थियो तर आइसकेको भने थिएन ।

खाना बनाए । खान मन पनि थिएन । हिजोको कुरा बाहिर निस्किए हुन्थ्यो जस्तो भयो मलाई । अनि restroom गए । अमिलो डकार अनि हिजोको तरल । एकै चोटि आयो तर अहिले अलिक ठिए भएजस्तो महसुस गरे । अनि भात खाए । तर अफसोच , निल्ने बेला घाँटी मज्जाले पोल्यो । पानीको सहायताले जसो तसो खाए । अनि कोठामा गए । दिनभर ह्याङ्ग मै झुले ।

अर्कोदिन म सकुसल भए । म प्रती जति तिक्तता बोकेकी थिए भन्ने मैले थाहा पाए र उस्को त्यो तिक्तता बगाईदिए । अहिले कुनै माया छैन अनि उ प्रती कुनै चासो छैन । चोखो माया दिएको थिए तर तेरो सोचाईमा म तितो रहेछु । केही भएन, प्रगती गरेस । भगवानले तलाई खुसी बनाई राखुन शुभकामना !!!!

Exit mobile version