Avoid Eating Chicken – It Contains High Dose Of Antibiotics

काठमाडौं – सहरी मध्यमवर्गका मानिसहरुका लागि बोइलर कुखुराको मासु निकै लोकप्रिय परिकार बन्दै आएको छ । कुखुराको मासु अन्य मासुको तुलनामा बढि रुपमै बिक्री हुँदै आएको छ । रेड मिट खान नचाहनेहरुले समेत माछा र कुखुराको मासुलाई विकल्पका रुपमा ग्रहण गर्दै आइरहेका छन् । तर व्यवसायिक रुपमा जथाभावी रासायनिक पदार्थहरुको प्रयोग गरेर उत्पादन गर्ने कुखुराको मासु मानव स्वास्थ्यका लागि हानिकारक रहेको अनुसन्धानले देखाएको छ ।

भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले गरेको प्रयोगशाला नमूना परीक्षणले कुखुराको मासुमा एन्टिवायोटिकको प्रयोग भयावह रहेको देखाएको छ । कार्यालयले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा चितवनमा कुखुराको मासुको नमूना परीक्षण गरेको थियो ।

कार्यालयले गत आर्थिक वर्ष २०७३/७४ मा कुखुराको मासुको एक सय ८० वटा नमूना परीक्षण गर्दा एक सय १५ वटामा एन्टिवायोटिकको अवशेष भेटिएको थियो । एन्टिवायोटिकको अवशेष देखिएको मासुको उपभोग मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । एन्टिवायोटिक प्रयोग गरिएको मासुको उपभोगले शरीरमा हानिकारक असर पर्ने चिकित्सकहरूको भनाई छ । एन्टिवायोटिक प्रयोग भएको खाद्य वस्तुको उपभोगले क्यान्सर जस्तो घातक रोगको जोखिम समेत निम्तिने विज्ञहरूको मत छ ।

शरीरका हानिकारक जिवाणु समूहविरुद्ध प्रयोग गरिने औषधि समूह एन्टिवायोटिक हो । एन्टिवायोटिकको प्रयोगमा सर्तकता र न्यूनीकरण गर्न कार्यालयले जैविक सुरक्षा तथा असल सुरक्षा व्यवस्थापन अभ्यास, जिल्लास्तरमा गुणस्तरसम्बन्धि जनचेतना लगायतका कार्यक्रम सञ्चालन गरिरहेको कार्यालयले जनाएको छ ।

Chicken meat on board isolated on white
Exit mobile version