वसन्त पञ्चमीको अवसरमा आयोजना गरिएको सामूहिक विवाहको कायृक्रममा एउटा निकै नाटकीय घटना भएको छ । आइतबार वसन्त पंचमीको अवसरमा मुख्यमन्त्री कन्यादान योजना अन्तर्गत मध्यप्रदेशको खण्डवामा सामूहिक विवाहको तयारी जोडतोडका साथ चलिरहेको थियो । ठूलो संख्यामा वर पक्ष र वधु पक्षका मानिसहरु पुगेका थिए । त्यही बेला यहाँ यस्तो नाटकीय घटना भयो कि त्यहाँ भएका सबै मानिसहरु दंग परे ।

यहाँ ४० जोडीको विवाहको तयारी गरिएको थियो । सबै जोडीहरु तयार भइसकेका थिए तर एक जोडी तयार भएका थिएनन् । वधु पक्षका मानिसहरु समयमा विवाहस्थलमा नपुगेका कारण यो जोडी विवाहको लागि तयार भइसकेको थिएन । बाँकी सबै जोडी विवाहको लागि तयार भइसकेका थिए । यस्तैमा ढिलो गरेर वधु पक्षका मानिसहरु विवाहस्थल पुगे । ढिलो आएका उनीहरुलाई देखेर बेहुलाको पारो तात्यो । उनले दायाँबायाँ केही नहेरी बेहुलीकी बहिनीमाथि सबै रिस पोखे ।

बेहुलीको छेउमा उभिएकी उनकी बहिनीलाई बेहुलाले कसेर एक थप्पड हाने र सोभे ‘यति ढिलो किन भयो ?’ बेहुलीकी बहिनीले थप्पड खाएको देखेपछि दुवै पक्षका मानिसहरु एक आपसमा लडाइ झगडा गर्न थाले । विवाद यतिसम्म बढ्यो कि दुवै पक्ष विवाह नै नगरी फर्केर गए । प्रत्यक्षदर्शीका अनुसार बेहुली ज्योतिसहित वधु पक्ष दिउँसो १२ बजे विवाहस्थल पुगेका थिए । बेहुलीलाई देख्नासाथ बेहुला धर्मेन्द्रको पारो तात्यो र उनले बेहुलीकी बहिनीलाई कसेर थप्पड हाने । त्यसपछि दुवै पक्षबीच विवाद यतिसम्म बढ्यो कि उनीहरु रित्तै फर्किए । यस विषयमा दुवै पक्षले अहिलेसम्म प्रहरीमा कुनै उजुरी नदिएको बताइएको छ ।
Article by DCNepal