चन्द्रग्रहण बारे नेपालीको सनसनी पुर्ण खुलासा जस्ले हल्लायो नासाका बैज्ञानिकलाई समेत
खाटमन्डु, माघ १८
अस्ति राती १५० वर्षमा एकपल्ट हुने भनिएको चन्द्रग्रहण भैसकेको छ। फुल ब्लड ब्लु मुन नाम दिइएको उक्त दुर्लभ घटनाबारे एक नेपालीले यस्तो खुलासा गरेका छन् जस्ले नासा देखि खासा सम्मका बैज्ञानिकलाई सोच्न बाध्य बनाएको छ।
कुरो बिराटनगरका भोला प्रयोगकर्ताको हो जसले गयरातीको चन्द्रग्रहणको बारेमा सनसनी पुर्ण खुलासा गरेका छन्। बिराटनगरमा वार्षिक लाखौको भोला सेवन गर्ने फर्मुल्लाह अलिले उक्त चन्द्रग्रहणको मुख्य कारक आफू भएको र यसको सम्पुर्ण श्रेय आफुले पाउनु पर्ने बताएका छन्।
बिराटनगरस्थित सम्बादातासङ्गको छोटो सम्बादमा उनले भने, ” हामी चन ग्रहण गराएछ, किरेडित अरुले नै लिएछ। यो त हम्को मधेशी मुसलमाल भनेर संसारले नै हेप्न खोजेछ। हामी यसको बिरुद नाकाबन्दी छेड्छ।”
उनका अनुसार गएरातिको चन्द्रग्रहण आफुले दिनभरी भोला खाएर आकाशतिर थुकेको र उक्त भोलाको कारण चन्द्रमामा ग्रहण लागेको हो। उनले यस्तो सनसनी पुर्ण खुलासा गरेपछी नासा देखि खासा सम्मका बैज्ञानिकहरुलाई एक किसिमको झट्का लागेको छ।
उता यो खबर पाएसङ्गै रबि लामिछानेको टोलि बिराटनगर हिडिसकेको छ ।
त्यस्तै सरकारले बिराटनगरलाई भोलामैत्रि सहर घोषणा गर्ने जनाएको छ । यो निर्णयबाट बुटवल आन्दोलित भएको खबर बुटवलस्थित गारापारे सम्बादाताले जनाए।
नेकपा एमाले भने बुटवललाई भोलामैत्री सहर घोषणा गर्नु पर्ने भन्दै बिरोधमा उतृएका छन्। केपी ओलिले नया बन्ने सरकारले यसमा हेरफेर गर्ने बताएका छन्।
PS: कृपया यो पोस्टलाइ हासोको रुपमा मात्र लिग्नु होला, कसैको व्यक्तिगत जिवनसंग मेल खाएमा संयोगमात्र हुनेछ
साभार: गारापारे