भर्खर खाना खाई वरी बाहिर ढोका नेरै निस्कदै थिए मोबाईलमा टिरिङ टिरिङ घन्टी बज्यो हतपत पाईन्टको खल्तिबाट मोबाइल झिकेर हेरे मुसी लेखिएको नम्बर बाट कल आएको रैछ फ़ोन उठाए हेलो …. उताको आवाज सुनिएन
२,३ पटक हेलो … हेलो.. अहं पट्कै उताबाट कुनै आवाज़ आएन मोबाइललाई यथावत राखे सायद ३० सेकेण्ड पछि रोइरहेको जस्तो आवाज़ आयो मुसी केभो किन रोएको ……
मुसी: ख़त्तम भयो…
म: हैन भन्न चै के खोज्येकी..??
मुसी: … रोएको आवाज़ ..
म: ओइ के भो बोलन पिल्ज .
मुसी : म अहिले भन्न सक्दिन
म: पिल्ज शेयर गर मसंग के भाको मिल्ने भए म यतैबाट सल्टाउला
नबोलि रुन्छौ मात्र .. भाको चै केहो..??
मुसी: मलाई हेर्न केटो आउदै छ रे …
यति भन्नासाथ फ़ोन कट्यो .. ।।
म अल्ल मल्ल पर्दै एउटा सुर्य प्याकेट बाट झिकेर सल्काए आज साथिहरुसंग नगरकोटको लागि प्लान बनाउन अनामनगर जानु आटेको थिए मुसिको कल ले अक्क न बक्क भए .. एक सर्का के तानेको चुरोट उडेर सक्कीसकेछ ..
फेरी अर्कों झिकेर सल्काए तनाव बढ्न थाल्यो फेरी मुसी लेखिएको नम्बरमा कल गरे २,३ कल गये उठेन फेरी गर्या उठ्यो केहि नभनि मैले उसलाई बेलुका भेट्न नयाँ बानेश्वरको बेकरी क्याफेमा बोलाए अनि बाकि कुरा भेटेर गरौला ..
उताबाट : कतिबजे आउने केटो आउदै छरे घरमा ड्याड मामुले कतै नजानु भनिस्या छ ..
म: ५ बजेतिर आउन ..
उताबाट : ५ त हुदैन ६ बजेतिर भेटौ ..
म: ओके ।।
घड़ी हेर्या भर्खर दिउसोको १ बज्दै थियो शनिवार भएकोले कलेज अनि अफिस बिदा थियो .. एकछिन छटपटाए
फेरी मोबाइलमा रिङ बज्यो …. यसपालि चै साथिको थियो अर्को हप्ता शनिबार नगरकोट जाने प्लानको लागि भेट्ने कुरा गर्यो अनामनगर आउने निम्तो दिदै .. म बाईक स्टार्ट गरेर अनामनगर हानिए प्रताप खाजा पसल ।।
त्यानेरी सब केटाहरु आई भ्याकोरैछन मेरो निन्याउरो मुख देखेर एउटा साथिले सोधिहाल्यो ..
ओए के भो तलाई ??
म चुपचाप
फेरी अर्कों साथिले तै प्रश्न दोहोर्यायो
मैले शुर्य सल्काउदै .. भोली आउ्छ रिजल्ट केटाहरु सब ट्ववा .. हैन के रित्लट भन्या …….. कुरा चलिरहयो तर बास्तबिक कुरा भनेन ६ जाना साथि अनि म १५ कप चिया १ प्याकेट चुरोट ( चुरोट खाने वाला चै हामि ३ ).. ५ बजेर ४८ मिनेट भैसकेछ म बानेश्वर हानिए मुसी क्याफेमा कफि अडर दिइसकिछ ।।
एक छिन दुबैजाना मौन .. उसलाई हेर्या कुरा खोल्ने प्रयासमा थिई
अनि बोलि..
केटो अस्ट्रेलियन ग्रिनकार्डहोल्डर
MBM सकाएर अस्ट्रेलियन कम्पनिमा जब गर्दै छरे
उसको परिवार ललितपुर ईमाडोलमा
केटाको ड्याडि चै मेरो ड्याडीको बच्चाबेलाको साथि … मलै के भनौ तिमि भन समर… अनि म गम्भीर ..
सायद एकमनले सोचे उ पनि बिबाहको लागि राजी छ जस्तो लाग्यो
किनकि अनुहार मलिन थिएन .. रहर त धेरै थियो बस् परिस्थिति उल्टो
भैदियो सायद उ संग जिउने औकात पुगेन क्यार .. मत भैको धुलो रैछु जस्तो लाग्यो .. अंह बोलि फुटेन.. कफि टेवलमै कतिबेला आएछ क्यार पत्तै भएन
एउटा सुर्य मगाएर ताने .. त्यो देखेर सधै चुरोट फय्लदिने मान्छे आज मौन बस्दैछे .. मन झनबढी अमिलो बनेर आयो । मेरो आँखा बाट प्राय आँसु चुहिदैन तर….. ।।
बोले तिम्रो ईच्छ्या केछ??
उ : तिमि भन म के गरौ?? उता ड्याडीको ईज्जतको सवाल छ यता तिमी अनि हाम्रो ३ बर्षको निर्दोष प्रेम..
उसले मलाई चिनेकीछ कि म अरुको भलाईको लागि प्राय तगारो नबन्ने ..
म चै मध्यम बर्गिय परिवाको मान्छे आस्ट्रेलियन संग के दाँजिन सक्थेर??
सायद म उबेला चै सोचेर उसको प्रेम प्रस्ताव सुईकार्नु नपर्ने होसै भएन किनकि उ पनि सायद हाम्रै क्लास मध्यमा शान्त सलिन अनि रुपवान जोकी प्राय धनिबर्गियका छोराछोरी भन्दा विलकुल फरक अनि घमण्डी थिईन !!
यसैले पनि उ मेरो मनमा अटाएकि होली सायद..
म पनि बोले हेर मुसी मेरो सब कुरा तिमिलाई थाहा छदैछ यति हाम्रो निर्दोष प्रेमको क़सम खाएर भन्न सक्छु “तिमिलाई जीवनभर यस्तै खुसि अनि केयर गर्नेछु, पैसाले नुहाईदिन नसकुला अबश्यपनि अथाह मायाले पुरिदिनेछु ,
पहेलै गहनाले ढाँकेर फरारीमा घुमाउन नसकुला अबश्य मीठो साथ छुट्न दिनेछैन “। मेरो परिवार म कस्तो रहनसहनमा हुर्केको सबै भनिसकेकोछु त्योबेला तिमि आफै राजी थियौ र मलाई बाध्य बनायौ..
अहिले मलाई सब संसारनै तिमि हौ जस्तो लागिसक्या छ … म केगरौ तिमि सोच अनि निर्णय गर यदि त्योमन पग्लिएछ भने भोली लुगा लिएर बानेश्वर आउ म ७ बजे त्यै पर्खनेछु अनि ..
मन परिवर्तन हुने आशलागेन र कफि अनि चुरोटको पैसातिरेर रुमतिर लागे उसलाई बाइ पनि नभनि …।।
Buddhanagar liquor & cold store बाट ४ वटा Tiger अनि १ प्याकेट सुर्य २ वटा आलु चिप्स .. लागे रुमतिर
बाटोमा साथिले कल गर्यो बालाजु उसको रुमामा आउने निम्तो दिदै .. र म आफ्नो काम भएको बाहाना बनाउंदै उसको निम्तो अस्वीकार गरे । रुममा भित्र के पसिराको थ्यिए .. घरबेटिले त्यैबेला ढोका ढक्ढकाए .. भाडा माग्नको लागि रैछ .. सोध्दैथिए किन मलिन अनुहार?? उनको अगाडि हास्ने त धेरै प्रयास गरे तर भोरिएको मुटुबाट बलगरेरै भएपनि मुस्कान निकाल्ने प्रयास गरे .. बनावटी भएपनि अहं पटकै सुहायनछ क्यार !!
मोबाईलमा ब्याट्री ४% मात्रै घरमा फ़ोन नभएको सायद १ हप्ता पुगेछ अनि घरमा फ़ोन गरे सधै मंमीले उठाउने फ़ोन आज बैनि बोल्दै थिई २ पटक दादा दादा भन्दै बैनि रुन लागि .. आँट आएनछ क्यार रुदै मंमि .. मंमि
अनि म आत्तिदै सोधे के भयों मंमिलाई ???
पेट देखेर एम्बुलेन्समा बुटवल लगेर बाबा र दिदी जानु भाछ ..
एपेन्डीक्स भन्न आएनछ बैनि लाई..
फोनको बाट्री सकिएछ लाईन पनि आज लोडसेडिङको तालिका भन्दा बढीनै कटेको थियो .. तनाव .. तनाव .. तनाव वियरको बिर्को खोल्दै घुटघुट सक्काए उता भोली मुसिलाई त्यस्तो निर्णय अर्को पट्टी जन्मदिने आमा यै तनाबमा ४ बोत्तल बियर अनि ८ खिल्ली सुर्य सकेछ सधै छादने म त्योरात कसरी बित्यो पत्तै भएन बिहानै ५:५० मा बानेश्वरबाट ट्याक्सीबाट कल्ङकी पुगेर भैरहवाको सलिना डिलक्सको A 14 मा सीट ख़ाली रैछ त्यै बसे सायद २० मिनेट पनि त्यो पल २० घण्टा जस्तो लाग्यो … अनि बस गुड्यो .
Submitted by: Tiks Ghimire.
If you have a story then please do submit us your story. While sending the story, you are requested to send the suitable title along with the Writer’s details.