I’m No Longer A Virgin | Real Story Of A Girl

This Article doesn’t contain slang/vulgar words. This article tends to give social awareness to the youngsters. Many of the young couples, these days, end up their relationship with no regret and they come to the verge of mental stress which is misleading and can even drag them to the state of suicide. Read the Article:

कस्ले भन्छ सामाजिक संजाल मार्फत प्रेम हुदैन???

प्रेम मन बाट गरिन्छ यो आफै हुन्छ कहाँ कोसंग,कतिबेला कसरी अह केही पत्तै हुदैन।मैले धेरै सुनेकी छु यसरी कति प्रेममा परेका छन,कति धोका पाएका छन,अनि कतिले ज्यान सम्म गुमाएका पनि!असल जिन्दगी अनि सामाजिक संजाल धेरै जनाले प्रस्ताब राखे।मन न हो खोइ कहाँ गएर टक्क रोकिन्छ थाहा नहुने।महिनौ भयो एक्जना मसंग आकर्सित छ भनौ या प्रेममा अचम्म आग्छ।म अर्थात सितल।महिना दिनमा कोहि कसैसंग नजिकिन्छ ठुलो कुर होइन।म उससंग बोल्छु हास्छु ठिकै पनि लाग्छ के यस्लाइ प्रेम मान्नु??उस्ले हरेक पटक यहि भनेकै हुन्छ सितल m in love with you.मैले भने तिमी मलाई साच्चै प्रेम गर्छौ??

ऊ अर्थात “आरब” जो मसंग आकर्सित भएको छ।मैले तिमिलाइ ओके भन्नू अघि मेरो बिगत सुन्ने साहस छ? बताउ! अनि प्रेमको कुरा गर साच्चै तिमी मसंग प्रेममा छौ या आकर्षण भएको छ।हिम्मत छ??? ऊ मौन हुन्छ। उस्को मौनता चिर्दै म उस्लाइ मेरो बिगत बताउन जादैछु।

ल सुन।
बिगत ५ बर्स अघिको कुरा हो।मैले १२ को परिक्षा दिएर बसेकी थिए।धेरै पहिलेबाट फेस्बुकमा साथी थियौ कहिले बाट साथी थियौ एकिन भएन तर पहिलो दिन अझै याद भने छ।उस्को नाम हो”अनुपम”म्याएज आयो-hy
जवाफम फर्काए-hello , हो यस्तै फर्मल्ली कुरा हुन थालेको थियो,

दिन बित्दै गए,समय तीब्रगतिमा हिंड्दै थियो हामीबिच प्रेम झाङ्गिदै थियो बिना कुनै प्रेम प्रस्ताव हामी एकदम नजिकिएका थियौ उस्को उपस्थितिले म मा धेरै परिबर्तन आएको थियो, समय के हो?यस्को महत्त्व,आमाबाबा भाइ परिवार आफन्त अनि मात्र “ऊ”यो यस्तै परिवारको मेरो ममि भन्दा केही फरक लाग्दैनथ्यो ऊ मैले ममिको कुरा सुनाइरहदा ऊ ममिको पक्षमा हुन्थ्यो मम्मिको र उस्को कुरा कत्ती फरक लाग्दैनथे लाग्थ्यो ऊ मेरो प्रेमी कम आमा ज्यादा हो।बर्सौ बिते यहि

फेस्बुक,भाइबर,इमोको सहारामा हामी एकर्कासंग निकै खुसी थियौ भन्छन प्रेममा झगडा आवस्यक छ अझ हुन्छ नै खोइ हामीबिच कहिले मनमुटाव भएको मैले जान्दिन सायद उस्को इज्जत थियो मेरो मनमा र उस्को मनमा म एउटा हुर्कदै गरेकी मुना।गलत कुरामा गाली हुन्थ्यो मिठो मानेर सुनिदिन्थे आग्याकारी सिस्य जस्तै र ब्यवहारमा उतार्ने गर्थे उस्का हरेक कुरा।कुरा ब्याचलर पढ्दाको हो,ऊ आफै ब्याचलरलाइ पढाउने शिक्षक बिदा थियो।अनि म ब्याचलर पहिलो बर्स पढ्दै गरेकी विद्यार्थी साउनको मौना थियो अब पालो आएको थियो एकअर्कालाइ आम्नेसाम्ने गर्ने।उस्ले मेरै लागि बुटवल आउने निधो गर्यो म खुशीले पागलजस्तै थिए।ऊ आउने दिन आयो र ऊ आयो पनि। हाम्रो पहिलो भेट-बुटवल बस्पार्क!

जुन ठाँउ पुग्दा अझै उत्तिकै प्यारो लाग्छ र त्यही पल आँखा अगाडि मज्जाले नाचिदिन्छ।त्यो मिलनको पल खोइ कसरी सम्बोधन गरौ कसरी सुनाउ तिमिलाइ मेरो खुशीको त्यो क्षण।म बुटवलबाट नै थिए तर मलाई बुटवल नौलै लाग्थ्यो जिन्दगी कसैको लागि लुकिछिपी त्यसरी हिंड्न् परेको पनि त थिएन ममि संगै गयो काम सक्यो आयो त्यो भन्दा पहिले आमा बाहेक नहिड्ने म हिम्मत गरेकी थिए हो ठिक १० बजे म ऊ सामु पुगेकी थिए।कतै डर त कतै काउकुती छुट्टै आनन्द अनि छुट्टै भयानक त्रास!काठमाडौं जस्तो सित्तल ठाँउमा बसेको पोखराको काखमा हुर्केको उस्लाइ बुटवल गर्मी लाग्नु स्वभाबिक हो ऊ गर्मीले अत्ति आत्तिएको थियो त्यो घाम उस्लाइ कहाँ लैजाउ म?

दोधार थिए पैला चिसो खाउ उसैले आग्रह गर्यो म भिजेको बिरालो जस्तो लुसुक्क थिए उस्को कुरालाइ हुन्छ भनेर टाउको हल्लाए होटेल तर्फ दुबैजना हाकियौ।त्यो दिन सम्झिदा भिन्दै खुशी लाग्छ अरे वा मेरो प्रेमिल दिन मैले प्रेमीसंग संगै हासेको रमाएको त्यो दिन हामी चिसो खायौ।खाना खाएरै आएका थियौ र लाग्यो त्यहिको एक कोठातर्फ जहाँ एउटा बिस्तारा थियो।फोन एसएमएसमा कहिले अनावश्यक नबोलेका हामी पहिलो पटक एकअर्कामा हराएका थियौ कोठाको प्रेबेससंगै उस्ले मलाई काखमा राखेर चार फ्यानको घुमाएको त्यो पल,उस्को त्यो न्यानो काख,चुम्बन,स्पर्श,सामिप्यता,त्यो तातो श्वास,हामी प्रेममा यसरी डुब्दै थियौ कि खोइ कति बेला हद पार गरियो पत्तो भएन सायद प्रेम त्यहि हो?ऊ मेरो अंगअंग संग यसरी खेलेको थियो,उस्का औला मेरो सरिरको हरेक भागमा सल्बलाएको आभास भएको थियो लाग्दैथियो आज मैले संसार जितेकी छु।समय मेरै पोल्टाेमा छ।

उस्ले किस गर्दा ओठमा बसेको निलो डाम ममिले देखेर के भो निलै भन्दा ममि हेर्नुन उभिएकि थिए बसमा ठोकिएको ब्रेक लाग्दा,यसरी सम्म झुट बोलेकी थिए सायद उस्ले बिर्सियो मेरो मानसपटलमा अझै ताजै छ।सम्बन्ध लम्बियो संभोग अझ भनौ सारिरिक सम्बन्ध बाकि केही रहेन अब हामि बिच साच्चै सारिरिक सम्बन्ध यस्तो चिज रहेछ जस्ले २ शरीर एक मात्र हैन मन पनि एक बनाउन सिमेन्टले जस्तै काम गर्दो रहेछ हामी केटीहरुलाइ,हो यस्तै आभास दिलायो उसंगको त्यो छोटो समयले।समय बित्दै गए अब प्रेमीप्रेमिका रहेनौ हामी एकर्कालाइ सम्बोधन गर्ने शब्द बनेको थियो बुढाबुढी।हो यसरी निरन्तर रथ अगाडि बढ्दै गयो पुनः भेट भयौ ऊ मेरै लागि बुटवलसम्म आएको थियो।

बुढाबुढी न थियौ बाकी उस्को नामको सिंदुर पोते समाजले देख्ने गरि पहिरिनु मात्र थियो।हामी एक धेरै पहिले भएका थियौ अब बाकी केही रहेन। हामी कहि केही नभनी एकर्कामा समाहित भयौ।दिन कसरि बित्थे पत्तै हुदैनथ्यो ऊ पढाउन जान्थ्यो म पढ्थे नजानेको कुरा भाइबरमा पठायो उस्ले हेर्दा सोलुसन आउथ्यो ईमर्जेन्सी परे फोनमा खबर गरिपनी हाल्थे।हाम्रो बोल्ने समय राती ८/९ हो यस्तै थियो शुक्रबार बाहेक।बिश्वास जरुरी छ फोन मात्र सबैथोक होइन भन्ने यो कुरा हामिमा ज्ञान थियो।पढ्नपर्छ दुबैजना सरकारी जागिरे हुनुपर्छ ऊ एउटा लेक्चर जस्तो मान्छे म उस्को विद्यार्थी लब कसरी पर्यो भनेर कसैले सोध्दा दिने जवाफ हुदैनथ्यो तर सोचेर भने बसेका थियौ उस्ले बुटवल एक्दिन ट्रेनिङ्ग दिन आउदा चिनेको भनेर।बहना राम्रै बनाएका थियौ हामीले।

त्यसैले ऊ पटकपटक भनिरहन्थ्यो कान्छू पढ् तैले पढ्नपर्छ होइन भने मैले हामिबारे घरमा बताउन गार्हो हुन्छ तं सक्षम हुनु भनेको हामी एक हुनु हो।उस्को यहि कुराले मलाई हरेक समय पिरोलिरहन्थ्यो।कतै मैले जागिर गरिन भने?कतै मैले लोकसेवामा नाम निकालिन भने?उस्ले मलाई यहि कारण छोडयो भने?एक्लै कति रोएकी छु आँखा सुन्निएका छन मेरा।उस्लाइ यहि प्रस्न गर्यो तैले राम्रो पढ्नुपर्छ नत्र घर हाम्रो कुरा राख्न अप्ठ्यारो हुन्छ।

आज तलाइ म फोन गर्छु,लोकसेवाको क्लास लिग पैसाको लागि म छु उस्का यस्ता कुराले ऊ प्रतिको सम्मान अझ बढ्ने गर्थ्यो।समय बित्दै गयो मैले पढ्दै गए उस्ले किताब नोट केही कुराको कमि कहिले गराएन भुकम्प जादा बेलाको कुरा हो मैले लोकसेवामा नासुको फर्म त भरे एक्जाम सरेको कारण पत्तो पाइन अनि कहि टाढा घुम्न गएकै कारण परिक्षा दिन सकिन जुन कुरा झगडाको बिज बन्यो।पुनः इक्जाम दिने कुरा बाताए तर उस्लाइ म बाट टाढा हुन कुनै बहाना चाहिएको थियो।एकदिन कान्छी मैले पढ्छु मलाई एक मैना दे तं पनि पढ् मैले फोन अफ गरेर पढ्छु तं संग बोल्न लाग्यो भने केही याद हुन्न म मिलाएर आफै फोन गर्छु,मैले हुन्च भने अनि उस्को फोन बन्द आयो।

म बाट भाग्दैभाग्दै हिंड्दै थियो ऊ।म ऊ बिनाको जिन्दगी कल्पनासम्म गर्न नसक्ने भएकी थिए।तिमी केटाहरु प्रेमलाई सेक्स संग तुलना गर्छौ?हामी केटीहरुको ओठ कहिले जुठो लाग्दैन तिमिहरुलाइ, पायो भने छोराछोरीको आमा पनि भन्दैनौ अनि आफ्ना लागि सत्यसावित्री केटी चाहिन्छ।हामी प्रेम पाउने आसमा संभोग गर्छौ तिमिहरु संभोग पछि धोका दिन्छौ,तिमिहरु जति जना संग संभोग गर पबित्र हुन्छौ,अनि हामी प्रेम पाउने लालचमा सारिरिक सम्बन्ध राख्छौ अनि नाम मिल्छ बेस्या,रखेल खोइ के के!तिमिहरु जसो गरेपनी गंगाजल जस्तै चोखो हामीहरु अनायासै अपबित्र।के केटा बिना केटीले एक्लै सारिरिक सम्बन्ध राखेको जानेका छौ??

यी ओठलाइ चुरोटसंग दाजिन्छ जुन कहिले जुठो हुदैन।केटीहरुलाइ प्रेममा पारेर सारिरिक सम्बन्ध राखिन्छ एकैछिनको प्यास मेट्न!हो उस्ले त्यस्पछी मलाई एक पटक फोन गर्यो भन्दै थियो मैले पढ्नको लागि मोबाइल अफ गरेको थिए।जुन मलाई अबगत थियो पढ्नुको मत्लब अर्को सिम चलाउनु प्रेम हो?तिमी आफै भन।मैले उस्लाइ असिम प्रेम गरे उस्लाइ गुमाउने तागत म मा थिएन मन हो खोइ के सोच्यो उस्को बाबासंगै कुरा गरे।मलाई सोधियो तिमिहरुबिच केही त्यस्तो भयो??म मा हिम्मत आएन अह भने।अनि म मा शब्द अपसब्दको भारी बर्सात भयो र फोन काटियो उस्ले नया सिम चलाएको थियो पत्ता पनि लगाए उस्कै ममि मार्फत तर फोन अह रिसिभ भएन।उस्ले पुनः फोन त गर्यो तर यो अबगत गराउन कि अब हामी बिच त्यस्तो कुनै सम्बन्ध रहने छैन अनि अब फोन संपर्क सब बन्द हुनेछ।उस्लाइ घरमा निकै गालि गरिएको रहेछ नचिनेकी केटीसंग लब गर्ने भनेर त्यो कुरा अझ ठुलो कारण वन्न पुग्यो।सायद उस्ले मलाई प्रेम गर्यो तर अपनाउने हिम्मत गरेन हो आजसम्म यहि सोचेर नै अरुसंग प्रेममा बसेकी छैन।उस्लाइ म असिम प्रेम गरे उस्ले मेरो सरिरलाइ,मबाट ठुलो आसा सहित।

उस्लाइ म गलत अह मान्दिन गल्ती मेरै थियो प्रेम गरे शरीर सुम्पे तर पनि कुनै ग्लानी छैन मैले प्रेम गरेकी थिए प्रेममा आफ्नै ज्यानको आहुती दिए।बस् यत्ती चाहिँ उसैसंग भन्न सक्छु ए तपाईं कायर हो!सरकारी जागिर टन्न बैंक ब्यालेन्स हुने भने जस्ले पनि बिहे गर्छ हाम्रो प्रेम के त्यही जागिरमा अडिएको थियो?अब भन आरब तिमी केटाहरु त भर्जिन केटी खोज्छौ आफू सत्रजना संग सुतेकै किन नहोस!म त प्रेमिसंग सारिरिक सम्बन्धमा बसिसकेकि केटी चार बर्सको प्रेममा दुई पटक संभोग त्यो खासै केही होइन…… What I Wana Say Is I am not a virgin.

जस्ले मलाई धोका दियो म उस्लाइ सम्झिन चाहन्न मलाई प्रेम शब्दसंग खेल्ने संग घृणा छ।भन अब तिमिलाइ के लाग्छ?के तिमिलाइ मसंग प्रेम भएको छ??आज हाम्रो सम्बन्ध बिगृएको बर्स बित्यो मेरो ऊ बाहेक कोहिसंग प्रेम भएन र सायद हुदैन पनि केटाहरु जन्मेकै सोझा केटी फसाउन जस्तो लाग्छ थाहा छ म गलत हुन्छु यस्तो भने भने तर के गर्नु मलाई घात जो भएको छ।के तिमी त्यो केटीलाई अपनाउछौ जो तिमिहरुको भासामा अर्कैसंग संभोग गरेकी छ,अझ भन्लाउ ओ यार तं मासाला त भालु पो रहिछस जा भाक!मलाई तिमिबाट यहि आस छ त्यसैले तिमी म बाट टाढा जाउ धेरै टाढा।साच्चै तिमी मेरो शरीर नै चाहेका हौ भने आउ मेरो शरीरसंग प्यास नमेटिन्जेल आल खेल तर बिन्ती आकर्षणलाई प्रेम जस्तो पबित्र नाम नदेउ। तिम्रो म प्रतिको प्रेम होइन आकर्षण लाग्न सक्छ तिमी स्वंयलाइ।

Exit mobile version