३ घन्टा जुत्ता polish गरेर 30 हजार कमाइ भएको खबर सुनेपछी खाडिबाट स्वदेश फर्कने युवाहरुको लहर लागेको छ। आजमात्रै सेतोपाटीले उक्त खबर छापेर फेसबुकमा बुस्ट हानेसङ्गै उक्त खबर भाइरल भएको थियो।
३ साल पहिले गरिबिको कारण खाडी भासिएका खुवाकोटका एक युवा खुसी हुँदै भन्छन,” कामबाट फर्केर youtube हेर्दै थिए, अचानक यस्तो खबर आयो। यहाँ दैनिक १४ घण्टा काम गरेर महिनाको १३०० दिराम कमाउथे अब ३ घण्टामा नै ३० हजार कमाइ हुन्छ भने किन यहाँ बस्नु?”

हाम्रा खाडी सम्बाददाता तोरिसिंह चमारेको अनुसार स्वदेश फर्कन युवाहरुले दिउँसो नै टिकट काट्न सुरु गरिसकेका थिए। “साझ ७ बजे सम्म करिबकरिब १० हजार युवाले टिकट काटिसकेको श्रोतको दाबी छ,” उनले भने।
यस्तो चापलाई मध्यनजर गर्दै नेपालका domestic airlines बुद्ध एअर, येति एअर, सिमृक एअर आदिका बिमानले भोलिनै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भन्ने गोप्य सुचना आएको छ। अब यसरी युवाहरु स्वदेश फर्किदा देशले बिकासमा बढी गति लिने हुदा जनताहरु हुत्तिने डरले बलियो खम्बा समाएर बस्न सरकारको प्रेस बिग्यप्तिमा जनाइएको छ।
साथै देशले कोल्टो फेर्दा कसैलाइ हानी नहोस भनी विशेष किसिमको सुरक्षा अप्नाइएको छ।
