सलमान खान वलिउडका माहानायक भनेर चिनिन्छन् । उनलाई “सल्लु भाई” र “खान भाई” भनेर पनि उपमा दिइन्छ । जे होस् हिन्दि फिल्म इन्डस्ट्रीको उनि डन नै हुन् , एउटा फिल्म रिलिज हुदाहुदै आफ्नो रेकर्ड ब्रेक गरेर चर्चाको शिखरमा पुग्छन् । उनको शारीरिक सुगठन एउटा मोह नै भन्दा अति संयोती नहोला किनकी उनका समकालिन चलचित्रमा उनि ननांगिएको बिरलै भेटिन्छ । सायद तेसैले होला उनको शारीरिक सुगठनप्रति लाखौ बिपरित लिंगीहरू आशक्त भएको ।
सलमान खानसंग जोडिएका हरेक घटनाहरु चर्चितमात्र हैन, विवादास्पद र रहस्यमय पनि भएका तमाम उदाहरणहरु हामी बीच विदितै छ । राष्ट्रप्रेमले ओतप्रोत भएका चलचित्र देखि “मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए” सम्म गीतबाट लाखौ नाइट क्लबहरुमा करोडौ मुन्नी बदनाम भएको कुरा सर्वबिदितै छ । “हमको पिनी हे, पिनी हे हमको पिनी हे” भन्ने गित सार्वजनिक भएलगत्तै लाखौ युवाहरुको खल्ती रित्तिएछ, सुनिन्छ अझैपनि ति मध्येका केहिले ऋण तिर्दैछन् रे अनि भारतका पब, नेपालका भट्टीहरुको व्यापार आकाशिएर केहिले त “बेस्ट सेल्स अवार्ड” पनि पाए रे ।
“गर्ब” भन्ने चलचित्रमा उनले पिस्टल चलेको देखेर इंडिया लगाएतका राष्ट्रहरुमा पिस्टलको सेल बढेछ । उनि मुभीबाट आफुमात्र करोडपति भएका छैनन्, घुँडामा च्यातिएको पाइन्ट बेच्ने उद्योगी र व्यापारीलाइ पनि करोडपति बनाएका छन् । दुबई देखि मुम्बई, दिल्ली, काठमाडौं सम्मको यात्रा गर्दा अधिकांश युवाहरुको हाथमा “सल्लु ब्रासलेट” देख्दा मैले महसुस गर्न बाध्य भए कि “सल्लु भाई इज द लिभिंग लिजेण्ड” । सायद उनीभित्रको “टाइगर अभि जिन्दा है” भएर होला र मलाई यो भन्दा सायदै असहज हुन्छ “टाइगर हरिणका शिकार नही करेगा तो क्या खरगोस का करेगा ?”
“वान्टेड” मुभीले धेरै शिक्षित बेरोजगारहरुलाई “वान्टेड” नै गराएछ । मुभीको घटनाहरुलाई जीवनशैली बनाउदा असंख्य युवायुवती अहिले पनि जेलको चिसो छिंडीमा चक्की पिसिरहेको सुन्दा मन भित्रैबाट कता कता खिन्न भएर आउंछ । सामाजिक संजालको बढ्दो प्रयोगसंगै कति कलाकारहरु उपस्थित्व बिहिन गुमनाम भए जबकी कति कलाकार सफलता र चर्चाको चरमचुलीमा पाइला टेके । हेरौं न “करन अर्जुन” को सल्लुभाई र “एक था टाइगर” को सल्लुभाईलाई – “सल्लुभाई एक हि है मगर ढेर सारे तात्विक भिन्नताए” ।
“बडीगार्ड” चलचित्र हेर्ने बित्तिकै नेपाल र भारतबाट लाखौको संख्यामा युवाहरु खाडीमुलुक बडीगार्ड बन्न गए । मनभित्रै बाट मलाई पनि बडीगार्ड बन्न मन जागेर आयो । नाजागोस् पनि कसरि, बडीगार्ड भएपछी त कति राम्रो मान्छेको वरिपरी घुम्नपाइने रहेछ, त्यो पनि दुई दुई ओटा – एक किन्दा एक सित्तैमा जस्तो आजकलको सस्तो गुणभएको सामानको बनावटी लोकप्रियता जस्तो । सुल्तानका सल्लुभाई साच्चिकै राजा (सुल्तान) जस्तै पेश भए, देशको कामकाजमा हजारौं बाधा, अड्चन आएतापनि एउटा राजाको मनोबल कहिले गिर्दैन, त्यसरी नै सुल्तानखान उर्फ “सल्लुभाई” स्टेट च्याम्पियन हुदै “वोर्ल्ड च्याम्पीयन” भए , आखिर फिल्म भन्या फिल्म नै हो तथापि मैले मुभी हेर्ने बित्तिकै उधारो किनेको पंचिंग प्याड भने मुसाले प्वाल नै प्वाल बनाइदिएछ । कठै म हे हे ।
“एक था टाइगर” हेर्ने बित्तिकै झन्डै मेरो अर्को संग बिहे भएन । राम्री कल्कलाउदि केटि देखेर थाहै नपाइ मोरीसंग कल्पना, सपना र भावनामा लभ परेछ झन्डै तिन महिनापछीमात्र ज्वरो उतारियो र म सामान्य जीवनमा फर्किए । हे भगवान म लखनउ उपाचारार्थ गएको बेला “वीर” भन्ने चलचित्र हेर्ने मौका पाए । “हम जहाँ पकड़ते हे वहा से गोस हि गोस निकलता है” भन्ने डाएलगले मन सार्है छोयो । फर्कदा एउटा बिहारी भैयाले सिटको बिषयमा सार्है निहु खोजेजस्तो लागेर सल्लु भैयाकै स्टाइलले भुडी समाइदिएको के गोसनिस्कोस शर्ट पुरानो भैसक्या रहेछ च्यातिएर टुक्रो पो हातमा आयो ।
पोहोर साल मुम्बई घुम्ने रहर जागेर आयो । भाग्यवश घुम्नजाने मौका पाए । मुम्बईको अँधेरी भन्ने ठाउँमा दुइरात साथीको बसे । जता जाउँ जहाँ सुनौ “ढीन्का चिका, ढीन्का चिका ए हे हे हे ” भन्ने गित जोड जोडले बजिरहेको सुन्दा “सल्लु भाईलाइ” भित्रै देखि भेट्ने इच्छा जागेर आयो । साथि जिम इन्स्ट्रक्टर थियो । उसलाई मैले सल्लु भाईको घर सोधे । “ग्यालेक्सी अपार्टमेन्ट, वान्द्रा” मा बस्ने रहेछन् उनि । साथीलाई संगै जान आग्रह गरे, उनले तुरुन्तै नाक बन्द गरेर अस्वीकार गर्दा म जिल्ल परे । तर पनि मेरो “सलमान मोह” ज्युको त्यु रह्यो । म निस्किए घरबाट, सोध्दै सोध्दै वान्द्रा सम्म पुगे । सल्लु भाईलाइ टाढैबाट भएपनि दर्शन गर्ने इच्या तिब्र बढ्यो । जब जब म “ग्यालेक्सी अपार्टमेन्ट” को नजिक पुग्दै थिए मान्छेहरुको घनत्व कम कम हुदै गएको अनुभूति भयो । बाटोमा ३/४ जना देखिन्थे कोहिले नाक थुनेर हिडेका त कोहिले मास्क लगाउदै हिडेका ।
म ग्यालेक्सी अपार्टमेन्ट पुग्दा नपुग्दै असह्य गन्ध आयो । म नाक थुन्न बाध्य भए । श्वासप्रश्वास नै रोकिएला जस्तो भयो र निससिएको अनुभूति भयो । “बोका बोका गन्ध” आइरहेको आभास भयो । “बोका फार्म” रहेछ कि नजिकै कतै भनेर एउटा गार्डलाइ सोधे , तर उ केवल मुस्कुरायो । उसका हातपनि नाकबाट हट्दै हटेन । करिब आधा घण्टा पछी सल्लुभाईको दुइ दुइ ओटा गाडीहरु संगसंगै निस्कियो । “सल्लु भाइलाइ टाढै बाट भएपनि नमस्कार गरौ भनेर दुइ हात उठाउन खोजेको मात्र के थिए, के सक्नु र ? मान्छे त्यता जान नमान्ने कारण थाहा पाए मैले । सल्लुको वडीगार्ड र आस्पासेहरु परफ्युम छर्किदै हिडिरहेका थिए । गाडीबाट ठस ठस असह्य गन्ध आइरहेको थियो । मैले सल्लुभाई नमस्ते गर्न पनि पाउन सकेन , किन रहेछ भनेर बुझ्ने प्रयास गर्दा सल्लुभाई “अविवाहित” भएर हैछ । करिब ५० को हाराहारीमा जीवनको उत्तरार्ध तिर भएका उनि अहिले सम्म पनि अविवाहित भएर टोलै गनाएको रहेछ । म लज्जित हुदै त्यहाँबाट कुलेलाम ठोके ।
सल्लुभाईको बिचमा “हरिण केस” रिपिट भएछ । “टाइगर अभि जिन्दा है” , “एक था टाइगर” जहाँ भएपनि जुन मुभीमा पनि सल्लु टाइगर नै हुन् । इकोसिस्टम र जीवनचक्र पनि त चलाउन पर्यो नि तेसैले टाइगरले हरिण खान्छ । आखिर कुन सा नया कुरा भयो र “हरिणलाइ बाघले खानु” सायद तेसैले होला सल्लुभाई जेल बस्नु परेन । सबभन्दा अचम्मको कुरा के भने सारा नेपाली भारती जति पनि हिन्दि मुभी हेर्ने दर्शनहरु सलमानको फ्यान छन् तर हास्यपद मान्नै पर्छ सलमान नेपाल आउन मन पराइनको कारण बिचमा उनको भ्रमण टाइगर बनेर रे भएता पनि उनि शिघ्र नेपाल आउंदैछन् । उनि नेपाल आएर एउटा डान्स गर्ने रे । एकातिर सारा नेपालीहरु आफ्नो संस्कृति भुलेर पश्चिम र हिन्दि सांस्कृति, नृत्यमा भुलेको बेला सलमान खानको नेपाल, नेपाली संस्कृति र नृत्य र मोह भने अपत्यारिलो छ । उनि नेपाली सांस्कृति र भाषा, साहित्य संगीतको सबैभन्दा ठुलो फ्यान रहेछन् भन्दा नि अति संकोच नहोला ।
हेर्नुहोस् उनको नेपालीगितमा नाच्ने सैलि र नृत्यमा कसरी झुमेका छन् , सलाम छ सल्लुभाई ।
PS: This Article is only for entertainment purpose. For more Articles, keep updated.
Article by: Durga Pokhrel