के तपाई आफ्नो देशलाइ चिनाउन आफ्नो अस्ट्रेलियामा भएको सुखद जीवनलाई त्याग्न सक्नुहुन्छ ? यो प्रश्न समय संधर्भिक प्रश्न हो किनभने अहिले हामि जसको कुरा गर्दै छौँ उहाले येही गर्नु भएको थियो | अस्ट्रेलियामा सुखाद जीवन बिताईरहनु भएको सागर गिरिले आफ्नो देशलाइ अन्तरास्ट्रिय स्तरमा चिनाउन नेपाल फर्किएर वाइल्डलाइफ फोटोग्राफीको साहायेता लिनु भएको छ |
अस्ट्रेलियामा होटेल म्यनाजमेंट पढ्दै गर्दा एक दिन एक बिदेशीले नेपाल भन्ने नि देश छ र ? भनेर उनलाई प्रश्न गरेसी, उनले नेपाललाई बिस्वब्यपी चिनाउने अठोटले नेपाल फर्किएर देशका विभिन्न राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षणमा गएर विभिन्न लोप हुनलागेका जनावरको फोटो खिचेर सामाजिक संजालमा पोष्ट गर्नुहुन्छ | जनावर का साथसाथ उनि चराचुरुङ्गी र प्राकृतिक फोटो पनि खिच्दै आएकाछन् |
उहाँ विभिन्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षणमा घुमफिर गर्नुहुन्छ | चितवन राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुन्ज र सुख्लाफंता राष्ट्रिय निकुन्ज घुमफिर गरेर उहा भर्खर आफ्नो घर चितवन,सौराहा फर्किएका छन् र पछि देशभरिको राष्ट्रिय निकुन्जमा जाने उहाको भनाइ छ |
बाल्यकालदेखि नै फोटोग्राफीमा चासो राखेता पनि प्रोफेसनाल्ली लागेको भने तीन वर्षा भएको उहाले बताउनु भयो | देशलाइ अन्तरास्ट्रिय प्ल्याटफोर्ममा चिनाउनका साथै वन्यजन्तुको संरक्षणका लागि “I click for Conservation” नाराका साथ अघि बढिरहेकाछन् र सबैजनाको सपोर्टको अपेक्षा राख्नु हुन्छ | आफ्नो देशलाइ चिनाउने कार्यमा हामि पनि सहभागी भएर उहाँलाई सहयोग गर्नुपर्छ |
उहाँले खिच्नुभएको केहि फोटोग्राफहरु :
Rhino with Baby, Clicked at Bardia National Park, Nepal
Terai Grey Langur Clicked at Banke National Park, Nepal
Sloth Bear Clicked at Chitwan National Park, Nepal
Swamp Deer Clicked at Suklaphanta National Park, Nepal
Slender Billed vulture, Clicked at Pokhara, Nepal
Bengal Tiger, Clicked at Chitwan National Park, Nepal
Swamp Deer Clicked at Suklaphanta National Park, Nepal
Sarus Crane- World Tallest Flying Bird, Clicked at Lumbini
White rumped Vulture Clicked at Nawalaparasi, Nepal
Bengal Tiger Clicked at Bardia National Park, Nepal
Blackbuck clicked at Blackbuck Conservation Area,Bardia,Nepal
King Cobra Clicked at Chitwan National Park, Nepal
You can find more wildlife photographs in his Official Facebook & Instagram Accounts.
Facebook : http://www.facebook.com/rockerz.charged
Instagram :http://www.instagram.com/sagargiriofficial